काठमाडौं युरेका लियो क्लबले लायन्स क्लब अफ काठमाडौ युरेका को सहयोगमा यस वर्षको दशैलाई अवसर पारेर गोंगबुस्थित हिमालय बृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।

दशैंको शुभकामना आदान–प्रदान गर्दै आश्रममा असहाय आमाबुबासँग दशैंको खुशी बाँड्न्ने उद्देश्यले सहयोग कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष निर्मल राज शाहीले जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष शाहीले लियो क्लबले सामाजिक सेवा र सहयोगलाई प्रमुख प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सहयोगी दाँतालाई धन्यवाद व्यक्त गर्नुभयो ।

निवर्तमान अध्यक्ष लियो कुसुम पौडेलले सामजिक कार्य क्लबको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताउनुभयो ।

करीब २० वर्षअघि स्थापना भएको हिमालय बृद्धाश्रममा हाल ६२ जना आमा–बुबाले आश्रय लिइरहेका छन् । आश्रमकी सञ्चालिका शोभा सापकोटाले यहाँ बेवारिसे अवस्थामा रहेका, छोराछोरीले छोडेका वा हराएका वृद्धवृद्धालाई आश्रय दिइएको बताउनुभयो । उहाँका अनुसार आश्रममा बस्ने आमाबुबालाई नियमित रुपमा खाना, स्वास्थ्य उपचार तथा मनोबलका साथ सहयोग पुर्‍याउँदै आएको छ ।

हस्तान्तरण कार्यक्रमममा क्लबका अध्यक्ष लियो निर्मल राज शाही, नि.वर्तमान अध्यक्ष लियो कुसुम पौडेल, प्रथम उपाध्यक्ष लियो दिवस धिताल, दृतीय उपाध्यक्ष लियो सुमिना खत्री, सचिव लियो रोशनी खड्का, सह कोषाधयक्ष लियो जिज्ञाशा अधिकारी, लियो दिपाली श्रेष्ठ, क्लव विकास अधिकारी लियो अनिशा कार्की, क्लव सदभावना दूत लियो अनिशा श्रेष्ठ , सदस्य लियो निमन श्रेष्ठ, आशिष खत्री को उपस्थिती रहेको थियो ।

सामाजिक सेवामा सक्रिय लियो क्लबले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा राहत वितरणलगायत क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ । दशैंको अवसरमा गरिएको यो सहयोग अभियानले वृद्धवृद्धाको जीवनमा खुसी थप्नुका साथै समाजमा सकारात्मक सन्देश फैलाएको सहभागीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय