काठमाडौं, साउन — सूचना तथा सञ्चार प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले विजेता टोली काठमाडाैं युरेका लियो क्लवलाई ट्रफी हस्तान्तरण गर्नुभएको छ ।

एसोसिएसन अफ युथ अर्गनाइजेसन नेपाल (AYON) द्वारा आयोजित ‘अन्तर्राष्ट्रिय युवा दिवस उत्सव–२०२५’ अन्तर्गत भएको फुटसल प्रतियोगितामा काठमाडौं युरेका लियो क्लब विजयी भएको थियो ।

शान्तिनगर फुटसल, बानेश्वरमा सम्पन्न उक्त प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गरेका थिए। उत्कृष्ट प्रदर्शनसहित फाइनलमा विजय हासिल गरेको युरेका लियो क्लबको विजेता टोलीमा श्रेयोन श्रेष्ठ, प्रकाश थापा मगर, दिपेन्द्र खत्री के.सी., प्रभेश श्रेष्ठ, बिपिन थापा मगर, रोनीश देउला, आयुष श्रेष्ठ, दिवस धिताल र निर्मल राज शाही रहेका थिए।

ट्रफी हस्तान्तरण कार्यक्रम अन्तर्राष्ट्रिय युवा दिवस उत्सव–२०२५ अन्तर्गत ललितपुरको स्टाफ कलेज, जावलाखेलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय