
काठमाडौँ, १७ असार – काठमाडौँ यूरेका लियो क्लबले लायन्स वर्ष २०२५/२६ को नयाँ कार्यकाल शुभारम्भ तथा लियोहरूको भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रम क्लबका अध्यक्ष लियो निर्मल राज शाहीको अध्यक्षता र लायन्स क्लब अफ काठमाडौँ यूरेका क्लबका अध्यक्ष लायन चाँदनी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
अध्यक्ष शाहीले कार्यक्रममार्फत आगामी कार्यकालमा गर्ने विभिन्न सामाजिक, नेतृत्व विकास, र सेवामूलक कार्यक्रमहरू सार्वजनिक गर्दै सबैको सहकार्य र सक्रिय सहभागिता अपेक्षा गरेका थिए।

प्रमुख अतिथि लायन चाँदनी घिमिरेले लायन्स र लियोहरूबीच आपसी समझदारी र सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्न क्लब सधैँ तत्पर रहने प्रतिवद्धता व्यक्त गरेकी थिइन्। कार्यक्रम सचिव लियो रोशनी खड्काले सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ यूरेका लायन्स क्लबका प्रथम उपाध्यक्ष लायन सविन गर्तौला, तेस्रो उपाध्यक्ष लायन अध्यात्म सुवेदी, कोषाध्यक्ष लायन सुजन शर्मा पौडेल, सह सचिव लायन अमिता महर्जन, सह कोषाध्यक्ष लायन अमृत सिलवाल, काठमाडौँ लियो क्लबका पूर्व अध्यक्ष लियो सृजन अर्याल लगायत काठमाडौँ यूरेका लियो क्लबका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न भएको थियो। कार्यक्रमको मूल भावना “शुभकामना, सहकार्य र नयाँ सुरुवात” रहेको थियो।