
काठमाडौं, असार २८ — लायन्स क्लब अफ काठमाडौं युरेका, काठमाडौं युरेका लियो क्लब र लियो क्लब अफ काठमाडौं सारुबीको संयुक्त आयोजनामा त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट, नबिल हलमा एक विशेष कार्यक्रमका बीच “Leo Club of Kathmandu TU – Eureka” को औपचारिक उद्घाटन तथा नयाँ कार्यसमितिको घोषणा गरिएको छ।
कार्यक्रमको अध्यक्षता लायन चाँदनी घिमिरेले गर्नुभएको थियो भने, प्रमुख अतिथिको रूपमा पूर्व डिष्ट्रिक्ट गर्भनर लायन रुद्र हरि ज्ञवालीको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा लायन प्रनिता शर्मा, लायन इन्द्र कार्की, लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट आकृति न्यौपाने, डिस्ट्रिक्ट भाइस प्रेसिडेन्ट लियो आकाश शाह, काठमाडौं युरेका लियो क्लब अध्यक्ष लियो निर्मल राज शाही, तथा लियो क्लब अफ काठमाडौं सारुबीकी अध्यक्ष लियो ऋचा काफ्ले लगायत थुप्रै लायन तथा लियो सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रमको प्रमुख आकर्षणको रूपमा, नवगठित लियो क्लब अफ काठमाडौं टीयू–युरेका को २०२५/२६ को कार्यसमिति घोषणा गरिएको थियो:
- अध्यक्ष – लियो नलिनराज तिमिल्सिना
- उपाध्यक्ष – लियो विशाल पाण्डे
- सचिव – लियो कबिन्द्र ढकाल
- सह–सचिव – लियो प्रतिभा सेन
- कोषाध्यक्ष – लियो रोहित चौधरी
क्लव को सल्लाहकार का रूपमा लायन सुजन शर्मा पौडेल नियुक्त हुनु भएको थियो ।
नव नियुक्त अध्यक्ष लियो तिमिल्सिनाले क्लबको नेतृत्व गर्दै युवाहरूलाई सामाजिक सेवा, नेतृत्व विकास र सामुदायिक जागरुकता कार्यक्रममा संलग्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै अतिथिहरूले लियो मूभमेन्टले युवालाई सामाजिक उत्तरदायित्व बोध गराउने माध्यम बनेको उल्लेख गर्दै नवगठित क्लबको सफल कार्यकालको शुभकामना व्यक्त गरे।
