“हाइकिङ, क्लिनिङ र केयरिङ – लायन्स र लियोहरूको साझा प्रयास” नाराका साथ लायन्स क्लब अफ काठमाडौं युरेका र काठमाडौं युरेका लियो क्लबको संयुक्त पहलमा आयोजित कार्यक्रममा ५.६ किलोमिटर लामो हाइकिङ यात्रा गरिनुका साथै बाटोभरि फैलिएको फोहोर संकलन गरी वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमको उद्देश्य केवल हिड्ने वा रमाइलो गर्ने मात्र नभई समाजमा सरसफाइ र वातावरण संरक्षणप्रतिको चेतना फैलाउने रहेको लायन्स क्लव अफ काठमाडौं युरेका का अध्यक्ष लायन चाँदनी घिमीरे ले जनाउनु भयो ।

सहभागीहरूले बाटोभरि भेटिएको प्लास्टिक, बोतल, कागज लगायतका फोहोर संकलन गरी जिम्मेवारीपूर्वक निस्तारण गरेका थिए। बाटोमा हिड्दै गर्दा सहभागिहरूबीच आपसी मित्रता, हाँसो, अनुभव र सेवाको भावना आदान–प्रदान भएको थियो।

कार्यक्रममा विभिन्न लायन्स र लियो क्लबहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागी क्लबहरू यस प्रकार छन्:

  • लायन्स क्लब अफ काठमाडौं एन्जल्स
  • लायन्स क्लब अफ काठमाडौं ब्राभो
  • लायन्स क्लब अफ काठमाडौं क्लियोपेट्रा
  • लायन्स क्लब अफ काठमाडौं देवलाया
  • लायन्स क्लब अफ काठमाडौं युरेका
  • लायन्स क्लब अफ काठमाडौं सारुबी
  • लायन्स क्लब अफ काठमाडौं भिजन
  • लायन्स क्लब अफ काठमाडौं सगरमाथा
  • काठमाडौं युरेका लियो क्लब
  • लियो क्लब अफ काठमाडौं सारुबी

सहभागी क्लबहरूको संयुक्त उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा र सफलताको अनुभूति गराएको थियो। सहभागीहरूले वातावरणको संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी हो भन्ने सन्देशसमेत दिएका थिए।

कार्यक्रममा बोल्दै आयोजक क्लबका पदाधिकारीहरूले यस्ता सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै भविष्यमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी सबै सदस्यहरूलाई आयोजक क्लबहरूले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय