
ललितपुर, साउन ३ गते — काठमाण्डौ युरेका लियो क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको “Help and Care Project” अन्तर्गत सहयोग वितरण कार्यक्रम आज सफलतापूर्वक सम्पन्न गरेको छ।
यस परियोजनाको क्रममा ललितपुरको ग्वार्कोमा आयोजित कार्यक्रममार्फत प्रेरणा शाहीलाई लुगा तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
प्रेरणा शाही, दुर्गम जिल्ला मुगुबाट आफ्नो उज्ज्वल भविष्यका लागि आमासँगै काठमाडौँमा बस्दै आइरहेकी छिन्। आर्थिक अवस्था कमजोर भए पनि उनी निरन्तर शिक्षा हासिल गर्दै अघि बढिरहेकी छन्। पढाइमा थप सहजता र प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले क्लबले यो परियोजना प्रारम्भ गरेको हो।
कार्यक्रममा क्लबका अध्यक्ष लियो निर्मल राज शाही, सहसचिव लियो मेघलाल तामाङ, सह–कोषाध्यक्ष लियो दिपाली श्रेष्ठ तथा सदस्य लियो रोशनी खड्गीको सक्रिय सहभागिता रहेको थियो।
परियोजनाको समन्वय र नेतृत्व क्लबका सहसचिव लियो मेघलाल तामाङले गर्नुभएको हो।
कार्यक्रमका क्रममा क्लब अध्यक्ष लियो निर्मल राज शाहीले सहयोगी दाताहरूप्रति हार्दिक आभार प्रकट गर्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहयोगी दाताहरू:
- निर्मल राज शाही
- मेघलाल तामाङ
- कुसुम पौडेल
- निमन श्रेष्ठ
- दिवस धिताल
- आशीर्वाद गौतम
- रोशनी खड्गी
- रोशनी खड्का
- अनिशा कार्की
- दिपाली श्रेष्ठ
- मनोज बरुवाल
- School of Technical Analysis
- मेनका शेर्पा
- सजना लामा
- निरज भण्डारी
- सुजित राज लामा
क्लब सचिवालयले सम्पूर्ण सहभागी, दाताहरू तथा सहयोगीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सामाजिक सेवामा अझ सक्रिय सहभागिता जनाउन सबैलाई आह्वान गरेको छ।