काठमाडौं, १७ साउन — “रगत जीवन हो” भन्ने मूल नाराका साथ काठमाडौंको कलंकी चोकस्थित क्याम्ब्रिज इन्टरनेसनल कलेजको प्राङ्गणमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम क्याम्ब्रिज इन्टरनेसनल कलेज, रोटरी क्लब अफ काठमाडौं कलंकी, काठमाडौं युरेका लियो क्लब, प्राइम हेल्थ हब, र रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

क्याम्ब्रिज इन्टरनेसनल कलेजका प्राचार्य केशव पुनले २९ जनाले स्वेच्छिक रक्तदान गरेको जानकारी दिनुभयो। साथै स्वास्थ्य सेवा लिएर आएका सर्वसाधारणहरूको उपस्थिति पनि उल्लेखनीय रहेको बताउनु भयो।

काठमाडौं युरेका लियो क्लबका अध्यक्ष निर्मल राज शाहीले भविष्यमा पनि यस्ता बहुआयामिक सेवा कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। रोटरी क्लब अफ काठमाडौं कलंकी का अध्यक्ष प्रज्ञा गौतम घिमिरेले कार्यक्रममा सहभागी सम्पूर्ण दाताहरु, चिकित्सक, स्वयंसेवक तथा सहकार्य संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा रक्तदानसँगै दन्त शिविर, मधुमेह परीक्षण, तथा रक्तचाप परीक्षण जस्ता महत्वपूर्ण स्वास्थ्य सेवा पनि प्रदान गरिएको क्याम्ब्रिज कलेज का शिक्षक कमल शर्मा ले जानकारी दिनुभयो ।

कार्यक्रमले समाजमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै सहयोगी भावना प्रवर्द्धन गरेको आयोजकहरूको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय