
काठमाडौं, साउन १३ – लियो क्लब अफ काठमाडौं सारुवीले आगामी साउन ३१ गते “Bollywood and Chill” नामक रमाइलो फण्डरेजिङ कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। क्लबले आफ्नो सामाजिक परियोजना “प्रोजेक्ट बिम्बा” लाई सहयोग जुटाउन उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
प्रोजेक्ट बिम्ब एक महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम हो, जसको उद्देश्य किशोरीहरूमा महिनावारी सचेतना फैलाउने र धादिङको नलाङ क्षेत्रका किशोरीहरूलाई आधारभूत स्वच्छता सामग्रीहरू उपलब्ध गराउने रहेको छ।
कार्यक्रमका बारेमा जानकारी दिँदै क्लबकी अध्यक्ष ऋचा काफ्लेले भन्नुभयो, “हामीले स्वास्थ्य र सम्मानजनक जीवनलाई प्राथमिकता दिँदै किशोरीहरूको लागि प्रोजेक्ट बिम्ब सञ्चालन गरिरहेका छौं। यो कार्यक्रम त्यसैको निरन्तरता स्वरूप हो। तपाईंको सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।”
फण्डरेजिङ कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू, विजेताहरूका लागि आकर्षक गिफ्ट भौचरहरू, साथै नि:शुल्क खाजा र पेयपदार्थहरूको व्यवस्था गरिने क्लबले जनाएको छ।